उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

काठमाडौँ । प्रदेश  १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

मङ्गलवार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ कार्तिक २९ गते (सोमबार) 
दिउँसो :
देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  

२०७८ कार्तिक ३० गते (मङ्गलवार)
दिउँसो:
प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। 

राती: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। 

२०७८ मङ्सिर ०१ गते (बुधवार)
दिउँसो:
प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। 

राती प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। 

 

 

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ४१ बजे