सडक यातायात क्रमशः सहजतातर्फ

जिप दुर्घटना :  तीन जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान खुलिसकेको छैन । 

छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ ।

माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।
 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ११ बजे