यस्तो छ आजको विनिमय दर

कानुन व्यवसायीहरूको अवरोधका बाबजुद प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश

काठमाडौँ । नेपाल बार एशोसियसनको अवरोधका बाबजुद  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभएको छ । 

सर्वोच्च अदालत र बार परिसरमा कानुन व्यवसायीहरूले आन्दोलन जारी राख्दा उच्च सुरक्षाबीच प्रधानन्यायाधीश जबरा एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभएको हो ।

जबराको राजीनामा माग गर्दै आन्दोलित बनेको नेपाल बारले उहाँलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । कानुन व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : १९ बजे