साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पहिलो पटक विश्वकप जित्ने दाउमा अष्ट्रेलिया र न्युजिल्याण्ड

काठमाडौँ । पहिलो पटक आइसिसी टी–२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज फाइनल भिड्दै छन् । 

दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुवै टोली एक अर्का विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने देखिन्छ । 

फाइनल अघि टसले समेत खेलको नतिजामा ठुलो असर गर्ने देखिन्छ । जारी विश्वकपको फाइनलसम्म आइपुग्दा पहिला टस जित्ने टोलीले अधिकांश खेल जित्दै आएको छ । 

यसअघि, सेमिफाइनल खेलमा न्युजिल्याण्ड इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । 

एक दिवसीय क्रिकेटमा भने दुवै टोलीले उपाधि हात पार्दा टी–२० मा भने दुवै टोली उपाधिविहीन छन् । 

अष्ट्रेलियाविरुद्ध न्युजिल्याण्डका कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ड, मार्टिन गुप्टिल, मिचल सान्टनर, टिम साउथी जस्ता खेलाडीले प्रभाव जनाउन सक्छन् । 

न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाका कप्तान आरोन फिन्च, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, एडम जाम्पा, मार्कस स्टोइनिस जस्ता खेलाडीले महत्त्वपूर्ण प्रदर्शन गर्न सक्छन् । 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ५८ बजे