एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

प्रधानमन्त्रीलाई विश्वासको मत नदिनु आफ्नैमृत्यु पत्रको हस्ताक्षर

स्वार्थका कारणले मानिसहरु बुद्धिविहिन हुने गरेका घटनाहरु हाम्रै जीवनमा सुन्न, देख्न र भोग्न पाएका छौ । स्वार्थको सीमा नहुने रहेछ । स्वार्थका कारणले नै यो सुन्दर विश्वमा नरसंहारकारी युद्धहरु भएका छन् । लाखौं लाख नरनारीहरुको चित्कारपूर्ण विभत्स हिंसा, हत्याका डरलाग्दा घटनाहरु न चाँहदा न चाँहदै घटेका छन् । स्वार्थ कति निर्लज्जरुपमा उपस्थित हुन्छ भन्ने कुरा हरेक देशदेशाटनका घटना परिघटनाहरुको सुक्ष्म विश्लेषणबाट सुक्ष्मचक्षुले मात्र खुट्याउन सकिन्छ । कहिले काँही स्वार्थका अंशहरु यति साना हुन्छन् कि समयान्तरमा ती आफैलाई पनि लज्जाबाध हुने प्रकृतिका हुन सक्तछन् । यस्ता लज्जित घटनाहरु गाउँघर छरछिमेक र आफन्त जनमा देखिन्छन् । साना साना टक्करले वर्षौ वर्ष मुद्दामामिला गर्दछन् । दुबै तर्फको ठूलो धनरासी अनावश्यक रुपमा खेर जान्छ र अन्त्यमा मिला पत्रमा टुङ्गयाउछन् । त्यस पछि व्यर्थमा पछुताउँछन् । वकिललाई दिएको फिस, मुद्दामामिलामा खेर गएको समयको बर्बादी,मुद्दा फैसला हुँदा सम्मको आर्थिक क्षती संझेर आफैले आफैलाई धिक्कारेका थुप्रै घटनाहरु नजिकबाट नियाल्ने अवसरका अनुभवहरु हुन् । सामान्य स्वार्थको डरलाग्दो परिणति हुन सक्तछन् । 

विश्वमा समय समयमा साम्राज्यको मालिक बन्ने होडबाजीका कारणले डरलाग्दा युद्ध भएका छन् । एउटाको स्वार्थपूर्तिका लागि डरलाग्दो जनधनको क्षति हुने गरेका घटनाको जानकार बिहिन कोही पनि राजनीतिका विद्याथीहरु रहेका छैनन् । विश्वमा बेलायती साम्राज्यवादको स्वार्थको कारणले भएको प्रथम र दोश्रो युद्धमा भएको विशाल जनधनको क्षति पनि त्यसको अर्को उदारण हो । ब्रिटिस साम्राज्यवादको स्वार्थ रक्षाका लागि लाखौंलाख नेपाल आमाका सन्तानले वलिदानी हुनु परेको थियो । अमेरिकीहरुको स्वार्थका कारणले भियतनामको युद्ध छेडिएको थियो भने यो युद्धमा खरबौको आर्थिक क्षति र लाखौंको मानविय क्षति भएको पाउन सकिन्छ । जापानको नागासाकी र हिरोसिमाको नरसंहार होस वा अमेरिकी इराक युद्धका घटना हुन यी सबै स्वार्थका परिणती हुन् । राष्ट्र राष्ट्रका शाासकको टक्करले हुने ठूला युद्ध हुन वा हेर्दा साना लाग्ने परिवार भित्रका लोग्ने स्वास्नीको स्वार्थ र द्वन्दका कारणले हुने डिभोर्स र त्यस पछिको बालबच्चाको हाल बेहालको अवस्थाले, परिणाम र दृष्टिकोणले फरक भए पनि पिडाको चह¥याई भने उत्तिकै दुखदायी र दयनीय हुन सक्तछन् । यस्ता हरेक घटनाहरु जितको उन्मादका परिणति हुन् । जहाँ जीतको मात्रै अभिलाषाले मानिसलाई पागल बनाउँदछ त्यसपछि नै द्वन्दको बिजारोपन हुने गर्दछ । कहिले काँहि जीतको दौडमा धेरै हारहरु भएका छन् । बेलायत र जापानसँग जितले हार भोग्नु परेको थियो । त्यस्तै भियतनाम, इराकमा जित्न हिडेको अमेरिकाले आफ्ना संगठित फौजलाई फर्काउन बाध्य हुनु परेको थियो । स्वार्थमा सधैंभरि सफलता मिल्छ भन्ने मुख्र्याइ भुल कसैले पनि गर्नु हुदैन । यी केही उदारण मात्र पस्केको छु । 

हाम्रो देशमा पनि जितको सपना देखेर स्वार्थमा चुर्लुम्म डुबेका धेरै शासकहरु आए र समयक्रममा बिलाएर गए पनि । राणा शासन होस् वा पञ्चायती व्यवस्थाकै कुरा गर्ने हो भने पनि त्यही पाउँछौ । कुनै जमाना यस्तो पनि थियो पञ्च बाहेकका कसैले श्रख रोपेमा त्यहाँ व्यवस्था बिरोधी जन्मन्छन् भनेर काङ्ग्रेस वा कम्युनिस्टले रोपेका सबै रुखहरु उखेलिन्थे । रुख रोप्नेहरुलाई पुरस्कारकठबाँसको लाठी र बन्दुकको कुन्दाले ढाड खुस्काउने काममात्र गरिदैनथ्यो सार्वजनिक अपराध र व्यवस्था बिरोधीमा मुद्दा लगाएर जेलमा कोचिन्थ्यो । यो एक प्रकारको स्वार्थको पराकास्ठा थियो । यसैलाई लिएर कवि, साहित्यकार तथा बामपंन्थी नेता मोदनाथ प्रश्रितले कवितामा लेख्नु भएको थियो, “रुख रोप र रोप्न देऊ, विपि कोईराला र पुष्पलालको नाममा मात्रै होइन, पृथ्वी नारायण शााह,त्रिभुवन, महेन्द्र वा कसैको नाममा भए पनि रुख रोप, हिटलर र मुसोलिनीको नाममा भए पनि रुख रोप, रुख बढेर हुर्केर फाल्ने त अक्सिजन नै हो, मानिसको दुष्ट चरित्रलाई नबदले सम्म रोपेका रुख उखेलेर फाल्दैमा व्यवस्थाको आयु लम्बिने वाला कहाँ छ र” ? वास्तबमा पञ्च र पञ्चायती शासकहरुले सत्ताको दुरुपयोग गरेर तत्कालिन समयमा रोपिएका रुखमात्रै उखेलेका थिएनन्, गाउ घरमा पञ्चको आदेश बिना बाटोघाटो खन्नु बनाउनु, विबाहमा गीत गाँउनु नाच्नु, गाँउ घरमा हाजिरी जबाफ गर्नु, सामाजिक प्राणीको नाताले कुनै पनि काम गर्नु राष्ट्रिय अपराध मानिन्थ्यो । कसैको पनि गलत कामकुराको आलोचना गर्न समेत बन्देज थियो । नागरिकले देउसी खेले बापत मण्डलेहरुले मान्छे मार्ने गर्दथे । त्यस्तो क्रुर पञ्चायती व्यवस्था रामराज्य थियो भन्नेहरुको पनि यदाकदा गणतन्त्रका बिरुद्धमा बिष बमन गर्ने पनि अवसर पाएका छन् । पञ्चायत कुनै पनि अर्थमा राम राज्य थिएन र हुदैनथ्यो पनि । राजा महाराजाहरुको बारेमा धेरै बोलेर, लेखेर शब्द खर्चनुको कुनै पनि तर्कयुक्त तुक मैले देखेको छैन । सिमित मुठ्ठिभर स्वार्थीहरुको लागि राजतन्त्रमा सधैभरि दशैं थियो होला तर करोडौं जनतालाई नरकको बास थियो । 

निरङ्कुश पञ्चायती तानाशाही हुकुमी शासनसँग, लोकतन्त्र र गणतन्त्र नेपालको रौ बराबर पनि तुलना हुन सक्तैन ।  कहाँको राजाराम गणतन्त्र नेपाल र कहाँको हुकुमी शासनको पञ्चायती राजतन्त्रे गनेभँडारी । २०४६ साल पछि सत्ताको बागडोर समालेका नेता र नेतृत्व बर्गमा एक प्रकारको अनुशासन हिनता, स्वार्थी, लोभीपापी, अराजक आनीबानी, भ्रष्ट चरित्र र गलत चिन्तनका कारणले जनताको लागि ल्याएको व्यवस्था अस्थिरताको फुटवल हुन पुगेको छ । नेपालमा स्थिर सरकार र स्थाई शासन हुन÷ गर्न नदिने, यो राष्ट्रमा विकास निर्माण गरेर उन्नति प्रगति हुन नदिने, देश आत्मनिर्भर र स्वाभिमान कायम गर्न नदिने देशी विदेशी प्रतिकृयावादी तत्वहरु कृयाशिल छन् भन्ने जान्दा जान्दै तिनका गलत मनसायमा लागेर देश र जनताको लागि धोका दिने काम किमार्थ पनि उपयुक्त मान्न सकिदैन । नेपाली काङ्ग्रेस र नेकपाएमालेले यो व्यवस्थामा आएका सबै खाले विकृति विसंगतिको दायित्व बोध गर्नु पर्दछ साथ साथै यी नै पार्टिका कारणहरुले प्राप्त गरेको उपलब्धि र सफलताको भागिदारी पनि यी नै दुई पार्टीमा जानेछ । 

नेपाली राजनीतिज्ञहरुको कमजोरी नै स्वार्थ हो । स्वार्थका कारणले यो देशमा जनताको लागि गरेका तमाम महानकामहरm पनि ओझेलमा पारेर जस अन्त मोड्ने,अतिअवसरवादी तत्वलाई लाभ पुगेको छ । नेपाल देशको ऐतिहासिक रणनीतिक पक्षलाई बुभ्mन नसकेर नै कैयौं उपलब्धिहरु ओझेलमा परेका छन् । पञ्चायतको अन्त्य पछि नै विकासले गतिलिएको छ । जनता प्रति राज्य पूर्ण दायित्व बोधका साथ उभिएको छ । जनता सार्वभौम सत्ता सम्पन्नमात्र छैनन्, जनताको मौलिक हक पनि कायम भएको छ । शिक्षा, स्वास्थ्य, बिकास निर्माण,आर्थिक संमृद्धि, सूचना–संचारमा जनताको पहुच, नागरिकको मूल्य मान्यतामा आमुल परिवर्तन आएको छ । नेपालमा गणतन्त्रपछि नै सरकार जनताको घर दैलोमा बल्ल पुग्न सकेकोछ । यही नै अझैँपर्याप्त नभए पनि सुरु गर्ने काम कम्युनिस्ट र काङग्रेसहरुले नै गरेका हुन् भन्ने जनताले राम्ररी बुझेका छन् । दल भित्रको पनि आन्तरिक द्वन्द,नीहित स्वार्थ र टक्करकै कारणले २०५१ सालमा नेपाली कङ्ँग्रेसमा चौंहत्तरे र छत्तिसेको जन्म हुन पुग्यो । केही समय पदहरुमा फेरबदल पनि आयो । गिरिजाको ठाउँमा वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन पुगे पनि, पछि उहाँकै पालामा राजतन्त्रले मुन्टो उठायो । त्यसको मूल्य दलहरुलाई र स्वयम दरवारलाई कत्तिको महँगो थियो एक पटक इतिहास तिर फर्कन सबैलाई अनुरोध गर्नु बाहेक अन्य शब्द नै छैनन् । सत्तास्वार्थको लालसाले ज्ञानेन्द्र शाहलाई नकुतकुत्याएको भए आज उनी दरबारीया शानका साथ नारायणहिटिमै बास हुदैनथ्यो भन्ने ठाउँ छैन । नेपाली काङ्ग्रेसमा सत्ताको अहमता आउदैन थियो भने उही समयमा शासनको सिस्टम बस्ने थियो । पक्ष र प्रतिपक्ष एउटै सिक्काका दुई पाटा हुन भन्ने कुराको हेक्का कहिल्यै राखेको अनुभूुति भएको थिएन र अझै पनि यसमा परिपक्कता आउन नसकेको महसुस गर्ने गरिन्छ । गणतन्त्र नेपालको संविधान जारी भए पछि पनि यस्ता कच्चा र घृणित कामहरm भएका छन् । काम गर्नेलाई साथ र सहयोग गर्नु धर्म मान्नु पर्ने ठाउँमा काम गर्नेको खुट्टा तान्ने चरित्रको अन्त्य गर्दै, अब नयाँ चिन्तनले मिलेर काम गर्न सक्नु पर्दछ ।

कङ्ँगे्रस र कम्युनिस्ट भित्र प्रवेश गरेर चलखेल गर्ने तत्वले हुडल्ने र हुडलिनेहरु नै अस्थिरताका हिमायति हुन् । २०५१ सालमा काङ्ग्रेस, २०५६मा एमाले फुटे,फुटाए साथै अरु साना–सानादलहरुमा पनि यही रोगले ग्रस्त छन् । पछिल्लो समय यसको शिकार २०७७ फागुनमा नेकपा र हाल नेकपा एमालेलाई ग्रहगणितको दशाले घेरेर बर्बाद बनाएकोछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ गतिमा हिडाई रहेको समयमा नेपाली राजनीति बिषाक्त बनेको छ । यसलाई दुरदृष्टिका साथ सरकार सञ्चालनमा रहेको नेकपा एमाले र नेपाली काङ्ग्रेसले बुझ्नु पर्ने समय आएको छ । सत्तापक्ष र प्रतिपक्षको बिचको अग्नि परीक्षामा वैशाख २७ गतेलाई लिन सकिन्छ । स्वार्थी तत्वको काम भाड्नु र मुलुकमा अस्थिरता पैदा गरेर देशलाई लुट्नु नै हो । यो लुटबाट देशलाई जोगाउने हो भने म जस्तो अल्प ज्ञानीको नजरमा पनि नेपाल देश र नेपाली जनताको हित र उन्नतीको लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्ष र प्रतिपक्षले विश्वासको मत दिएर अस्थिरताका पक्षधरलाई नयाँ शन्देश दिदै एकै ठाउँमा उभिने हिम्मत राख्नु पर्दछ । यसमा सम्माननीय प्रधानमन्त्रीले पनि परिपक्वता पस्कनु जरmरी छ भने एमालेका पूर्व प्रधानमन्त्रीहरु र प्रतिपक्षी दलका पनि पूर्व प्रधानमन्त्रीज्यूको महत्वपूर्ण भुमिका रहेकोछ । अनि मात्र यो राजनीतिक शब्दको अर्थ बिशाल र ब्यापक बन्नेछ । राजनीतिमा यो गुल्चे खेलको अन्त्य भएको हेर्न विश्व भरका नेपालीहरु कुरिरहेको अवस्थाविद्यमानमा रहेकोछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यो विश्वले पत्याएको राजनीतिक फिगर हो । उहाँको साथ र सहयोग बिना नेपाली राजनीति अगाडि सर्दैन भन्ने कुरा पहिलो संविधानसभाको असफलताले पुष्टि गरिसकेको उदाहरण ताजैछ । यस समयमा नेपाली राजनीति र केपी शर्मा ओली एक अर्काका परिपुरक भएर उभिएका छन् । वर्तमान परिस्थितिमा फेरि पनि केपी ओलीको विकल्प भनेको नै केपी शर्मा ओली बाहेक कोही समकालीन नरहेको तथ्य जग जाहेर नै रहेको छ । नेपाली राजनीतिको दिगो र स्थायित्वको लागि पनि आगामी निर्वाचन सम्म उहाँको निरन्तरताको खाँचो रहेको कुरा जनताले रोजेको र खोजेको बिषय हो । आगामी निर्वाचनमाजनतामा जाँदा जनताले दिएको भिक्षादाता भएर नेतृत्वको अपेक्षा गर्नु नै बुद्धिमानी राजनेताको कर्तव्य हो । यो मात्रै प्राकृतिक राजनीतिको पक्षधरता पनि हो ।

यहाँ एउटा यक्ष प्रश्न अवस्यआउन सक्छ ? किन हुदैन नेपालमा राजनीतिक स्थिरता र स्थायित्व ?यसको मूल जड् भनेको दलहरुभित्रै रहेको समस्या हो । हामी व्यक्ति धनी र सम्पन्न बन्ने कि राज्य संघसंस्था धनी र सम्पन्न बनाउने ?भन्ने हाम्रो नीतिमा निर्भर गर्दछ । यसमा हाम्रा राज्य र राजनीतिक सञ्चालकहरु, तिनका वरिपरि रहने सहयोगी शुभ चिन्तकहरु, अप्राकृतिक इच्छा आकान्क्षाका सम्वाहकहरु, अहमता र स्वार्थयुक्त तत्वहरु, राजनीतिक कर्मी र राजनीतिक दलहरुको आर्थिक सामाजिक सञ्चालन पद्धतिको भिजनलेस सुन्यता, श्रमप्रतिको अनास्था, बिनापरिश्रम धनाड्य बन्ने चाहना,सादा जीवन र उच्च चिन्तनको अभाव, भिजन र मिसन नभएको अपरिपक्क स्वार्थी जमातको घेराबन्दी, स्वार्थी र सुविधा भोगी राष्ट्रसेवकहरुको घेराबन्दी, स्वार्थपूर्ण बाह्य चलखेलमा राष्ट्रिय दृष्टिकोणको अभाव नै मुख्य समस्याका बिषय हुन । यसलाई दलहरुको राष्ट्रिय बहस मार्फत इच्छामुताविक समाधान खोज्न सक्नेछन् । आगामी वैशाख २७ गते २०७८ का दिन सदनमा भेला भएर वास्तविक लोकतन्त्रवादी र गणतन्त्रवादीले विश्वासको मत प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएर अस्थिरता र अराजकता विरmद्ध ऐक्यवद्धता जनाउनेछन् भन्ने लेखकको विश्वास रहेको छ । त्यसमा पनि नेकपा एमालेका कुनै पनि सांसदले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई दुई बर्ष अगाडि नै प्रधानमन्त्रीको पदबाट हटाएर कामकाज गर्नबाट बन्देज गर्नु भनेको आप्mनै मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हुनेछ । २०५१ सालमा नेपाली काँग्रेसले यही गल्ती गरेको थियो । एमालेका कुनै पनि नेताले यस्तो गल्ती दोहो¥याउने छैनन् भन्ने जनतामा विस्वास रहेको देखिन्छ । नेपाली जनताको तर्फबाट नेकपा एमालेका कुनै पनि नेताज्यूहरुले विश्वासको मत दिनेकाममा अमुक वहानावाजी गरेर आफनै मृत्यु पत्रमा हस्ताक्षर गर्नु जनमतको घोर अपमान हुनेछ । 
 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ४१ बजे