यस्तो छ आजको विनिमय दर

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना पक्राउ 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । 

जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । 

नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो । 

 

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ४४ बजे