यस्तो छ आजको विनिमय दर

रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिवार राति भएको कार दुर्घटनामा चार जना भारतीय नागरिकको मृत्यु भएको हो ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके१२सी २९०० नम्बरको कार शनिवार राति करिब साढे १०ः१५ बजे दुर्घटनामा परेको हो । कार अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ । कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो।

घटना लगत्तै प्रहरी पुगेर उद्धार गर्दागर्दै कारमा सवार चार जनाको मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकहरूको पहिचान खुल्न सकेका छैन । यद्यपि उनीहरू भारतीय नागरिक रहेका बुझिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ३६ बजे