दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु

क्विटो । इक्वेडरमा एउटा कारागारमा भएको झडपमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । 

दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राती भएको झडपमा अन्य दर्जनौँ बन्दी घाइते भएका छन् । कारागारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो ।

सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो ।

कारागारभित्र झडप बढ्नुको मुख्य कारण लागु औषधि तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नाइकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

कारागारको एउटा ब्लकको नाइकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । 

जेलभित्र  ठुला विस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । एजेन्सी

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ४१ बजे