बाढीको स्थितिमा सुधार

एमाले महाधिवेशन : गोरखामा १५ प्रतिनिधिमा ३५ जनाको उम्मेदवारी, सबै सर्वसम्मत

गोरखा।  देशभर वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमालेले आज देशभर एकै पटक १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । 

गोरखामा १५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । ३५ जनाको उम्मेद्वारी परे पनि पछि सर्वसम्मत रुपमा प्रतिनिधि  चयन भएका हुन् । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट दुई महिलासहित ६ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट दुई महिलासहित ८ जना र उत्पीडित वर्गबाट १ जना गरी जम्मा १५ जना प्रतिनिधि छनोट भएका हुन् । 

महाधिवेशन प्रतिनिधिका लागि गोरखाको दुई निर्वाचन क्षेत्र र उत्पीडित वर्गबाट गरी जम्मा ३५ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । 

छनोट हुने प्रतिनिधिको संङ्ख्या भन्दा उम्मेद्वारी दिनेको संख्या दोब्बर भन्दा बढी भए पनि पार्टीका जिल्लास्तरीय शीर्ष नेताले सम्पूर्ण उम्मेद्वारसँग छलफल गरेर सर्वसम्मत प्रतिनिधि छनोट गरेका हुन् । 

क्षेत्र नं १ बाट महिलामा सम्झना देवकोटा, मिना बरामसहित खुल्ला तर्फ सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई र विशाल थापा सर्वसम्मत चयन भएका छन् । 

यस्तै, क्षेत्र नं २ मा महिलाहरु पार्वती पाठक, रुपा पन्तसहित प्रेम गुरुङ, बाबुराम थापा, हरि काफ्ले, कमल दानी प्रतिनिधि चयन भएका छन् । 

पार्टीको केन्द्रीय नीतिअनुसार उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका चयन भएका छन् ।

गोरखा जिल्लाभर हाल एमालेको ७ हजार ६९० जना पार्टी सदस्य रहेको छ । 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ०७ बजे