बाढीको स्थितिमा सुधार

काँग्रेस पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक आज आज बस्ने भएको छ । 

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बिहान ९ः०० बजेपछि सुरु हुने बैठकमा आइतबार बस्ने केन्द्रीय समितिको एजेन्डा तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।

 बैठकमा महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

काँग्रेसको आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिका साथै महाधिवेशन तयारीबारे छलफल हुनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : २१ बजे