यस्तो छ आजको विनिमय दर

बारको धर्ना सकियो, सर्वाेच्च छिर्ने सेवाग्राहीको लाइन

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ । 

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए । 

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ । 

बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वाेच्च अदालत प्रवेश पाएका छन् । सर्वाेच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १२ : १८ बजे