सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

कानुन व्यवसायीको आन्दोलनमा झडप

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत वकिल तथा राणा पक्षधर कानून व्यवसायीबीच झडप भएको छ ।

आन्दोलनरत नेपाल बार एसोसियसनका पदाधिकारीसहित अन्य कानून व्यवसायीको प्रदर्शनमा राणा पक्षधरका कानून व्यवसायीले अवरोध गर्न खोजेपछि केहीवेर भनाभन भएको थियो ।

अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ३५ बजे