सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

आन्दोलनकारी कानुन व्यवसायीलाई सर्वोच्च प्रवेश निधेष

काठमाडौं । नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो । 

तर, सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ ।  बारको टोली सर्वोच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि हालतमा सर्वोच्चमा धर्ना दिइने बताउनुभयो । ‘गिरफ्तारी हुनुपरे पनि तयार छौँ, तर आन्दोलन जारी रहन्छ,’ उहाँले भन्नुभयो । 

सर्वोच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वोच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : २६ बजे