प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्चको गेटमै रोक्ने नेपाल बारको तयारी

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएको छ । 

बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो।  हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन गरेको थियो ।

आज बिहान १०ः०० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जबरालाई प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताउनुभयो। 

बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ ।  नेपाल बार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनमा छ । 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ५१ बजे