एमाले अध्यक्ष ओलीको जनगणनामा विवरण संकलन 

काठमाडौं– बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै बिहीबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले बालकोटस्थित निवास पुगेर विवरण सङ्कलन गर्नुभएको हो । विवरण सङ्कलनका लागि  विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने बालकोट निवास पुग्नुभएको थियो । अध्यक्ष ओलीको गणना लिने काम जिल्ला जनगणना कार्यलय भक्तपुरका प्रमुख पृथ्वी विजयराज सिजापतीले गर्नुभएको थियो ।

गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि अध्यक्ष ओलीलेले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना गर्नुभएको थियो । ओलीले जनगणनाबाट आएको सही तथ्यांकले देशको विकासमा सहज हुने बताउनुभयो ।

महानिर्देशकसहितको टोलीले गणककारुपमा बिहीबार नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तथ्याङ्क सङ्कलन गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ०४ बजे