सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ६५३ जनामा परिक्षण गर्दा ३१७ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४६६       पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : २९ बजे