साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ए डिभिजन लिग तीन दिन सर्‍याे 

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग तीन दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई तीन दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो । 

एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई तीन दिन पर सारेकाे जनाएको छ ।

एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउनेसमेत जनाएको छ । 

यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको  हो । यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो । 

१४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (बढुवा) हुनेछन् । 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ३ : ५९ बजे