सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

१५ किलो चरेश सहित ४ जना पक्राउ

गोरखा – अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेश सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३७ वर्षीय लाल बहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् । बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा.२० च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त चरेश सहित फेला पारी जीप चालक प्रबिण समेत ४ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ३ : ४४ बजे