बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् ।
बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलन चोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।
नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू आज बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।
अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिनुभयो ।
सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ११ : ५७ बजे
प्रतिक्रिया