साफ यू–१७ च्याम्पियनसिप आजदेखि

इंग्ल्याण्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा 

काठमाडौँ । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  

बुधवार राति  भएको आइसिसी विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । 

जितका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल सर्वाधिक ७२ रनमा अविजित रहे ।  इंग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले २–२ विकेट लिए ।

यसअघि, आबूधाबीमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।

इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ५१ रनमा अविजित रहे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले समान १ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : २० बजे