दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । 

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको नयाँ  मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ०० बजे