राजमार्गमा दृष्य एक, पीडा अनेक

जनगणनाको सुरुवात राष्ट्रपतिको तथ्यांक संकलनबाट गरिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरिने भएको छ । भोलि बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

भोलि नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने विभागले जनाएको छ । विभागले आज गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको बताए । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ०० बजे