राजमार्गमा दृष्य एक, पीडा अनेक

सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

​​​​​​​सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधबार बिहान ११ बजेदेखि बेलुका १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। कमलामाई नगरपालिकाले निर्माण गरेको विपी र पुष्पलालको शालिक अनवरण गर्न एमाले महासचिव ईश्वर पोखरेल आएपछि बुधबार बिहान सत्तारूढ दल र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। दुवै पक्षबीच झडप हुने स्थिति देखिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सिन्धुली सदरमुकाम माढी बजार, खुल्लामन्च, स्टलबजार, लोकतान्त्रिक चोमा कुनैपनि जुलुस, सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो।

विवादका कारणा बिहान केही समय सदरमुकाम तनावग्रस्त बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । विवादपछि सालिक अनवरण कार्यक्रम भने स्थगित गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : ०२ बजे