राजमार्गमा दृष्य एक, पीडा अनेक

सिन्धुलीगढी विजयोत्सव आज

सिन्धुलीगढी । वीर गोरखालीहरूले साम्राज्यवादी ब्रिटिस अंग्रेज सेनाहरूसँग भएको युद्धमा विजय प्राप्त गरेको आज २५४ वर्ष पूरा भएको छ। सोही दिनको संस्मरणमा सिन्धुलीगढीमा झण्डोत्तलन गर्दै विजयोत्सव मनाइँदैछ। यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले बताउनुभयो ।

कार्यक्रममा पूर्वरक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललगायतको उपस्थिति रहनेछ। सिन्धुलीमाढीमा नगरले निर्माण गरेको बीपी र पुष्पलालको शालिकसमेत अनावरण गर्ने कार्यक्रम तय भएको छ। सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीहरूको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले वि।सं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी ब्रिटिस अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्वभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो। यो वर्ष सिन्धुलीगढी विजय उत्सवमा सहभागी हुन आउनेहरूले नेपालकै पहिलो र एक मात्र ऐतिहासिक युद्ध सङ्ग्रहालयको अवलोकन गर्न पाउने छन्। वि.सं.२०२० सम्म जिल्लाको सदरमुकामसमेत सिन्धुलीगढीमै थियो। तर, २०२०मा सदरमुकाम माढीमा झारेपछि गढीको संरचना भत्किएर लोप हुँदै गयो। सिन्धुलीगढीबाट काठमाण्डौं छिर्न नपाएको झोकमा हरिहरपुरगढी किल्ला हुँदै काठमाडौं उपत्यकाको आक्रमणमा अघि सरेको अंग्रेज फौज १८२४ मै त्यहाँ हारेर रौतहट जिल्ला फर्केको इतिहासमा उल्लेख छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ५६ बजे