राजमार्गमा दृष्य एक, पीडा अनेक

ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको नवलपुरमा मंगलबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए। 

दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो। उनीहरुको उपचारको क्रममा मृत्यु भएको र मृतकको शनाखत भई नसकेको जनाइएको छ। घाइते भएका १६ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४५ बजे