एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना विरुद्धको खोपलाई डब्ल्यूएचओले दियो अनुमति

काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएको छ ।

सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो । 

यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई डब्ल्यूएचओले अनुमति दिएको थियो ।

यो खोप यसअघि नै चीनसहित विश्वका करोडौं मानिसले लगाइसकेका छन्। सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले बताएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ५० बजे