राजमार्गमा दृष्य एक, पीडा अनेक

माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते

सिन्धुपाल्चोक – मंगलबार अरनिको राजमार्गअन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रो बस चौतारा सागाचोकगढी नगरपालिका-११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनास्थलबाट तत्कालै उद्धार गरेर लगिएका एक जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बलेफी गाउँपालिका-५ की जानुका भन्ने सरस्वती पराजुली रहेकी छन् । 

दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते सबैको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

घाइतेहरू चौतारा सागाचोक गढी नगरपालिका-१ का पशुपति थापा, तुलसी थापा, डकेन्द्र थापा, राज कुमार तामाङ, मगर सुस्मिता श्रेष्ठ रहेका छन् । यस्तै घाइते हुनेमा चौतारा सागाचोक गढी नगरपालिका-५का कटुल शेर्पा, लाक्पा शेर्पा, चौतारा सागाचोक गढी नगरपालिका-६ की बिन्दु सापकोटा, कुमार लामा, अशोक लामा, चौतारा सागाचोक गढी नगरपालिका-७ की यमकुमारी थापा मगर, निरोज दङगाल, चेतकुमारी थापा, धादिङ गोल्छे गाउँपालिका-४ की प्रतिमा कार्की, नवीन अधिकारी, मकवानपुर हेटौडा-१ का सहचालक अरुण तामाङ, चालक राम लाल थिङ, सिमरा, स्वहिता थापा रहेका छन् ।

सिन्धु पाँचपोखरी प्रालिअन्तर्गतको बा२ख २६१२ नम्बरको माइक्रोबस पोखरेबसीमा मध्यान्न १२:१५बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । माइक्रो बस  सडकबाट करिब ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सम्झना कार्की

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ४३ बजे