दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गुराँस लाइफको सेयर मूल्य समायोजन

काठमाडौँ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले इन्स्योरेन्सको पाँच दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । 

बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ६१८ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ । मङ्गलवार यही समायोजित मूल्यका आधारमा इन्स्योरेन्सको कारोबार खुल्नेछ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिन(सोमबार) इन्स्योरेन्सको सेयर प्रतिकित्ता ६५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यस्तै, कम्पनीले १० मङ्सिरमा वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तीनकुने, काठमाडौँमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोजना हुनेछ । 

सभामा कम्पनीले आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव ५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ छ ।

पाँच दशमलव ५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब आठ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ३२ बजे