राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधवारबाट मूल गणना हुने भएको छ । 

मङ्सिर ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्याङ्क विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । 

मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०(१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रीय तथ्याङ्क विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

तथ्याङ्क विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो ।  

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : १२ बजे