साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आइसिसी टी-२० विश्वकप : नामिबियामाथि भारतको सानदार जित

काठमाडौं । आइसिसी टी -२० विश्वकपको समूह चरणबाटै बाहिरिइसकेका भारत र नामिबिया बीचको खेलमा भारतले सानदार जित निकालेको छ । 

सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो । 

जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर रोहित शर्माले सर्वाधिक ५६ रन बनाए । भारतका ओपनर लोकेश राहुल  ५४ रनमा अविजित रहे ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए ।

भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४  हारसहित २ अङ्कका साथ पाँचौँ स्थानमा रहेर विश्वकपको अन्त्य गरेको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : २८ बजे