काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । मङ्गलवार बिहान पहाडी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
बुधवार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। तर, पछिल्लो २४ घण्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक २३ गते(मङ्गलवार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ कार्तिक २४ गते (बुधवार)
दिउँसो :प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ कार्तिक २५ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार ७ : ०९ बजे
प्रतिक्रिया