प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा नबस्ने न्यायधीशहरुको अडान

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले न्यायालय सुधारका लागि प्रधानन्यायधीशको राजीनामा भएको अडान राखेका छन् । सोमबार बसेको न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म उनीसँग बेञ्च ‘शेयर’ नगर्ने पनि निर्णय गरेका छन् ।

राजीनितिज्ञसँग साँठगाँठ गरेर सत्ता सञ्चालनमा समेत भागवण्डा गरेको तथा न्यायालय सुधारमा अनिच्छा देखाएको आरोप खेपिरहेका प्रधानन्यायाधीश जबराले तोकेका बन्दी प्रत्यक्षीकरण बाहेकका इजलास पनि नबस्ने अडान फेरि दोहोर्‍याएका छन् ।

न्यायालय सुधारको एक मात्रै उपाय जबराको राजीनामा नै भएको उनीहरुले जनाएका छन् । प्रधानन्यायाधीश जबराले असन्तुष्ट न्यायाधीशहरू इजलास फर्किएको भन्दै भोलि (मंगलवार)बाट नियमित पेसी तोक्ने तयारी गरिरहेका बेला न्यायाधीशहरूबीच यस्तो सहमति जुटेको हो ।

असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशबाहेकको इजलासमा बसेर बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्ने, बन्दीसँगै अन्य मुद्दाको पेसी तोकिए बन्दीको मात्र हेर्ने, अन्य नहेर्ने सहमति गरेका छन् । बन्दीको मुद्दा हेर्ने सहमति गर्दै उनीहरूले प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा मुद्दा सुनुवाइ गरेका छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : १० बजे