एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

२५ औं पटक सगरमाथा चुचुरोमा कामीरिता शेर्पा

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पा २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बनेका छन् ।

आज बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । उहाँसँगै १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् । कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । उनको यो २५ औं सगरमाथा आरोहण हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ३९ बजे