दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोप २६ः विकासन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा 

लन्डन – जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । 

सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन् । गरिब देशहरुले जलवायु परिवर्तनविरुद्ध जुध्न १०० अर्ब डलर वित्तीय सहयोगका लागि आह्वान गरेका छन् । 
जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन उत्सर्जनमा बिकासन्मुख देशहरुको हात नगण्य छ । 

बेलायत सरकारले प्रदान गर्ने सहयोग रकममध्ये धेरै रकम एशिया र प्रशान्त महासागरका देशलाई छुट्टाइएको छ । बिकासन्मुख देशले सो रकमे जलवायु परिवर्तनसम्बन्धी योजना र लगानी, संरक्षण र न्युन कार्बनयुक्त विकासका गतिविधिको प्रबद्र्धनमा लगानी हुनेछ ।

एक सातादेखि जारी सम्मेलन आइतबार सम्पन्न हुनेछ । सम्मेलनमा सन् २०२५ सम्म विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियसमा कसरी झार्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । 

एजेन्सी

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : ३९ बजे