दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैङ्कले ९१ दिन अवधिको रु १० करोड र १८२ दिन अवधिको रु छ अर्ब गरी कूल रु छ अर्ब १० करोडको टे«जरी बिल आज बोलकबोल गर्न लागेको हो । 

राष्ट्र बैङ्कका अनुसार ९१ दिने  ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने टे«जरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैङ्कले रु एक अर्ब ६६ करोडको टे«जरी बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैङ्कले जनाएको छ । 

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैङ्क, अन्य वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था लगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैङ्कले मङ्गलवार ट्रेजरी बिल जारी गर्नेछ । 

राष्ट्र बैङ्कले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : २८ बजे