राजमार्गमा दृष्य एक, पीडा अनेक

सल्यानमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा सातको मृत्यु 

सल्यान । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस दुर्घटना  बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो। 
 बस सडकबाट २ सय मिटर तल खसेको छ। आइतबार बिहान भएको दुर्घटनामा परी अहिलेसम्म सात जनाको मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले पुष्टि गर्नुभएको छ । ‘घटनास्थलमै पाँच जनाको मृत्यु भइसकेको र दुई जनाको बाटोमा उपचारको लागि लैजानेक्रममा मृत्युभएको  डिएसपी थापाले बताउनुभयो । 
थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताउनुभयो।

‘घाइतेको संख्या धेरै छ,’ उहाँले भन्नुभयो, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि श्रीनगर र केहीलाई तुलसीपुर पठाइँदै गरेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयद्वारा उद्धार जारी रहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १ : २५ बजे