आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

दिउँसो प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ । 

राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।  सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक २१ गते (आइतबार)
दिउँसो :
 देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा  आंशिक बदली रहने छ।  

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राती: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ ।प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक २२ गते(सोमबार)
दिउँसो : देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ कार्तिक २३ गते (मंगलबार)
दिउँसो
: देशको सुदुर पश्चिम प्रदेश तथा बाँकि प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी  भू-(भागमा आंशिक  बदली रहने छ।  

राती : देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ३९ बजे