साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग

काठमाडौँ – नेपाली सेनाले कोभिड–१९ संक्रमणका कारण  अस्पतालमा देखिएको  अक्सिजन समस्या सुल्झाउनका लागि बन्द  अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पु¥याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पु¥याइएका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) मार्फत अनुरोध भएपछि सेनाले जनशक्ति पठाएर उद्योग सञ्चालनमा सहयोग गरेको हो ।

     काभ्रेपलाञ्चोकको पनौतीस्थित नवज्योति  अक्सिजन उद्योग अपरेटरका अभावमा बन्द रहेको र काठमाडौँ उपत्यकाभित्रकै ठूला अस्पतालमा अक्सिजनको अभाव भएको गुनासो आएपछि विज्ञ प्राविधिक जनशक्ति पठाएर उद्योग सञ्चालन सहयोग गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

उक्त उद्योगमा जडित दुई प्लान्टबाट ४० लिटर क्षमताका दैनिक एक हजारदेखि एक हजार २०० सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने जनाइएको छ । सिसिएमसीमार्फत अनुरोध भएका खण्डमा सेनाले उत्पादित अक्सिजन अस्पतालसम्म ढुवानीका लागि ट्रकसमेत तयारी अवस्थामा राखेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उक्त उद्योगबाट आजै अक्सिजन वितरण शुुरु भइसकेको बताइएको  छ । सेनाले  उद्योग चलाउन अहिले चार दक्ष अपरेटर खटाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : १५ बजे