थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ३ हजार ९३२ जनामा परिक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १४४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १  जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४३९    पुगेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : २७ बजे