स्वास्थ्य मापदण्डको पालना गदै भाइटीका लगाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन आग्रह गर्नुभएको छ । भाइटीकाका अवसरमा शनिवार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले भन्नुभएको छ,यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौं भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन सक्दैन ।’

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : १० बजे