बर्दिबासमा मोटरसाइकल र सुमो ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

महोत्तरी  । महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिवास -३  स्थित कारेभोगटे पुल नजिकै  सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-५  का सुन्धिर मिश्र रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबासस्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।  

थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : १४ बजे