‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आइतवार संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि  संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : १७ बजे