कस्तो छ आजको मौसम ?

काठमाडौं ।  मुलुकका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सामान्य बदलीको आँकलन गरिएको छ । 

शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

​​​​​​​आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक १९ गते (शुक्रबार)
दिउँसो :
 प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । 

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

२०७८ कार्तिक २० गते (शनिबार)
दिउँसो : देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ।  

प्रदेश नं १ का एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक २१ गते (आइतबार)
दिउँसो : देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका प्रदेश नं १, बागमती प्रदेश र लुम्विनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ०७ बजे