नेपाल संवत् ११४२ को उपलक्ष्यमा मैनबत्ती र्‍याली

काठमाडौँ, नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भ हुने खुशियालीमा हिजो साँझ मैनबत्ती र्‍याली निकालियो । नेपाल सम्वत् र यसका प्रवर्तक शङ्खधर साख्वाःसँग जोडिएको वडा नं १५ स्थित ऐतिहासिक स्थल लखुतीर्थबाट उक्त र्‍याली निकालिएको हो ।

र्‍यालीको प्रमुख अतिथि सांसद जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । बा¥ह वटा सांस्कृतिक र भाषिक सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा निकालिएको उक्त र्‍यालीले भित्री शहरका विभिन्न भागहरुको परिक्रमा गरेको थियो । भोलि नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भको पहिलो दिन सिन्हं स्वां खलःले काठमाडौँको वसन्तपुरबाट मोटरसाइकल र्‍याली निकाल्दैछ ।

उक्त र्‍यालीले काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न भागहरुको परिक्रमा गरी शुभकामना बाँड्नेछ । आयोजक संस्था सिन्हं स्वां खलःका अनुसार साँझ वसन्तपुरमै सामूहिक म्ह पूजा (शरीर पूजा)को आयोजना गरिने छ । यस पूजामा संयुक्त राज्य अमेरिका र जर्मनीका राजदूतहरु सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ३ : १६ बजे