दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९१ हजार तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ ।
 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : ०७ बजे