भक्तपुरमा काँग्रेसले फुर्ति नलगाए हुन्छ, आउँदो निर्वाचनमा शिला खोज्ने बनाउँछौ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापालाई चुनौति दिँदै आगामी निर्वाचन पछि भक्तपुरमा भुगोलमा नभेटिने दावी गर्नुभएको छ ।

थापाले नेता बस्नेतको गृहस्थान गुण्डुमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा एमालेलाई बढार्ने चेतानी दिनुभएको थियो । सोही प्रसंगलाई लक्षित गर्दै नेता बस्नेतले भक्तपुरमा एमलोको संगठन तथा एमालेको नेतृत्वमा गरेको विकासले जनताले एमालेको विकल्पमा कांग्रेसको कल्पना समेत गर्न नसकेको उल्लेख गर्नुभयो । परमादेश तथा सेटिङको माध्यमबाट अनैतिक तथा अबैध गठबन्धन गरी सरकार सञ्चालन गरिरहेका पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता कांग्रेस जनताको नजरमा सक्किने दिशामा अगाडी नबढी सच्चिने दिशमा अगाडी बढ्न आग्रह समेत गर्नुभयो । अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ कमिटीले आयोजना गरेको शुभदिपावली, नेपाल सम्वत ११४२, छठलगायतका नेपालीहरुको चाडपर्वहरुको द्यौसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेको नेतृत्वमा भक्तपुरमा विकासले ऐतिहासिक फड्को मारेको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा भक्तपुर विकासमा बक्तिमुनीको अध्यारो बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसलाई भक्तपुरमा भुगोलमा नभई गुगलमा सिमित गर्दै गुगलमा खोज्ने बनाउँछौं । गगन जी कांग्रेसलाई सच्याउनुस्, सक्किने बाटोमा नलैजानुस् । एमालेलाई बढार्ने हैन, भक्तपुबाट तपाईको पार्टी कांग्रेसलाई इतिहासमा सिमित हुँदैछ ।’

कांग्रेसले अवैध सांसदहरुको बैशाखी टेकेर तथा बदनाम भइसकेका माधव नेपाल र पुष्पकमल दाहालकौ बैशाखी टेकेर सरकार सञ्चालन गरी आफु पनि पूर्ण रुपमा बदनाम भइसकेको उल्लेख गर्दै नेता बस्नेतले वर्तमान नेपालको राजनीतिमा एमाले भर्सेस अरु दल जस्तो बनेको बताउनुभयो ।

कांग्रेसको नेतृत्वमा आउने बजेट आफ्ना कार्यकर्ताको घर तथा कार्यकर्ताको परिवारमा श्राद्ध, जुत्ता, साडीलगायतका खरिदमा सकेको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसको नेतृत्वमा भक्तपुरमा आएको बजेटको हिसाव किताव जनतालाई प्रष्ट बुझेकाले भक्तपुरमा कांग्रेसले ठूलो कुरा नगर्न समेत चेतावनी दिनुभयो । विकास र समृद्धिको हिसावमा एमाले माहुरी र कांग्रेस गुहिए किरासँग तुलना गर्नुभयो । एमाले माहुरी जस्तै फुलबारीमा बस्नेत तर कांग्रेस नेपाली राजनीति तथा विकास र समृद्धिको यात्रामा कहाँ भ्रष्टाचार, अनियमितता, दलाल, तस्कर, भूमाफिया तथा विकृति र विसंगति छ त्यहाँ नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको उहाँले सविस्तार प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले माहुरी हो, कांग्रेस गुहिए किरा हो । माहुरीले फुलवारी खोज्छ, गुहिए किराले फोहोर खोज्छ । एमाले माहुरी हो, जसले फुलवारी देख्छ भने कांग्रेस किरा हो । कांग्रेसका नेता रातभर भट्टीमा बस्छन् अनि एमालेलाई गाली गर्छन । विहान छोडेपछि टाउको कन्याउँदै भन्छन्, अलिकती बढी नै बोलेछु, क्षमा पाउँ है भन्दै हिड्छन् । मेरो गाउँमा आज कुकुर तिहारको दिन कांग्रेसका नेता गगन कुमार थापा र भक्तपुर जिल्ला कमिटीका सभापति दुर्लभ थापा जानु भएछ । उहाँहरुलाई शुभकामना दिन चाहन्छु । दमननथा ढुङ्गानाले २०७४ सालमा भन्नुभएको थियो, ‘म नेपाली राजनीतिलाई कुचो लगाएर सफा गर्न चाहन्छु । एमालेलाई बढार्छु ।’ त्यस समयमा म पनि एमालेको तर्फबाट उम्मेदवार थिए र मैले भनेको थिएँ, नेपालको राजनीतिमा सवैभन्दा बढी विकृति र विसंगति भित्र्याउने पार्टी भनेको नै कांग्रेस हो ।’ कांग्रेसले एमालेलाई बढार्ने र राजनीतिलाई सफा गर्ने सपना देख्नु चोरको हातमा भण्डारको चावी दिनु जस्तै भएको उल्लेख गर्दै नेता बस्नेतले आगामी निर्वाचन पछि कांग्रेसलाई भक्तपुरमा सिला खोज्नुपर्ने अवस्थामा पुर्याउने चेतावनी दिनुभयो । एमाले नेतृत्वको सरकार आएसँगै भक्तपुरको विकास मुलुककै लागि उत्कृष्ट भएको दावी गर्दै भक्तपुरको विकासको पाठ सिकेर डडेल्धुरमामा गई विकास गर्न प्रधानमन्त्री शेर बहादुर देउवा सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसले राजनीतिलाई सफा गर्छु र एमालेलाई बढार्छु भन्नु चोरको हातमा भण्डारको चावी दिनु जस्तै हो । कांग्रेसले एमालेलाई बढार्छु भन्नु त्यस्तै हो । नेपाली जनताले कांग्रेसलाई कुचो दिने छैनन्, कुचो दिए पनि एमालेलाई दिनेछनन् । सफा गर्ने भण्डारको साँचो पनि एमालेलाई दिनेछन् । आगामी निर्वाचन पछि कांग्रेसलाई भक्तपुरमा सिला खोज्नुपर्ने अवस्थामा पुर्याउने छौं । यहाँका जनताले एमालेले ल्याएको विकासको बारेमा प्रष्ट बुझ्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कटुञ्जेमा आउँदा भक्तपुरको विकास देख्नुभयो होला । तपाईले विकास गर्नुहुन्छ भन्ने त विश्वास छैन । तर भक्तपुरबाट सिकेर डडेल्धुरामा गएर विकास गर्नुस् । तपाईलाई भक्तपुरले विकासको ट्युसन पढाउन सक्छ ।’

कोही मानिस विकास हेर्न दिल्ली गए जस्तै अब विकास हेर्न नेपाल आउँदा गुण्ड–बालकोट तथा चाँगुनारायणको स्मार्ट सिटी हेर्न आउने अवस्था सिर्जना गर्ने उल्लेख गर्दै नेता बस्नेतले कांग्रेस नेता प्रकाशमान सिंह तथा थापालाई जिताएर उक्त क्षेत्रका जनता पछुताइरहेको दावी गर्नुभयो । एमालेको नेतृत्व आएसँगै भक्तपुरका जनताको जीवनस्तर उच्च हुँदै गएको नेता बस्नेतले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रकाशमान सिंह र गगनको क्षेत्रका जनताले प्रत्येक पल पल सोध्ने गरेका छन्, यहाँको विकास किन पछि पर्यो ? भक्तपुर जस्तो किन भएन ? त्यसको जवाफ तपाईहरुसँग छ ? भनि प्रश्न समेत गर्नुयभो । गगन जी गुण्डु जानुभयो । म उहाँलाई निशुल्क सुझाव दिन चाहन्छ, तपाई पाण्डुबजार हुँदै गुण्डु जानुभयो होला । तीन वर्ष अगाडीको गुण्डु के थियो र अहिले कस्तो अवस्थामा छ ? देख्नुभयो होला । गुण्डु हिजो दुर्गम ठाउँ थियो होला तर आज सुगम ठाउँ भएको छ । त्यहाँका जनतालाई करोडपति, अरवपति बनाएका छौं । गुण्डमा दुई, चार, छ रोपनी जग्गा नहुने मानिस खासै छैनन् । अहिले उहाँहरु विकासले गर्दा नै करोडपति हुनुभएको छ । म सांसद हुँदा आनाको एक लाख पनि जग्गाको भाउ थिएन तर विकासको गतिले अहिले एक आना जग्गाको २५ लाख पुगेको छ ।’

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : १३ बजे