दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आफु महँगोमा किनेर भारतलाई सस्तोमा विद्युत् बेच्दै प्राधिकरण

काठमाडौँ । नेपालले पहिलो पटक बुधबारबाट भारतलाई विद्युत् बेच्न सुरु गरेको छ । नेपालले भारतलाई बेचेको विद्युत्को मूल्य भने निकै सस्तो देखिएको छ । प्राधिकरणका अनुसार  नेपालले औसत प्रतियुनिट ४ रुपैयाँ ३३ पैसामा भारतलाई विद्युत् बेचेको हो । जबकि अहिले प्राधिकरणले आफै भने महँगो दरमा विद्युत् किनिरहेको छ ।

प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । अहिले प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामको दर अर्थात् ४ रुपैयाँ ८० पैसामा विद्युत् किनिरहेको छ । प्राधिकरणले अहिले किनिरहेको विद्युत्को मूल्य र बेचिरहेको मूल्यको अन्तर मात्रै प्रतियुनिट ४७ पैसा बराबर देखिन्छ ।

नेपालले भारतलाई बेचेको विद्युत् मूल्य आन्तरिक बजारमा बेचेको भन्दा निकै सस्तो हो । अहिले औद्योगिक ग्राहकहरुले अधिकतम प्रतियुनिट ११ रुपैयाँसम्म महसुल तिरिरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : ४१ बजे