प्रधानन्यायाधीशको सहज बहिर्गमन आवश्यक : चूडामणि भट्टराई, अधिवक्ता

काठमाडौं – न्यायको शुद्धीकरण अभियान हो । शलिनतापूर्वक गरिएको आग्रहलाई कमजोरी ठानिए प्रत्युत्पादक हुनेछ । 

न्यायाधीश हरिकृष्ण कार्की समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नमानेपछि आन्दोलनमा आयौं । २३ कात्तिकमा फेरि आउनेछौं । त्यतिञ्जेल हाम्रो माग सम्बोधन गर्नुभएन र सहज बहिर्गमन भएन भने उहाँले सम्मानजनक बहिर्गमन पाउनु हुने छैन। 

(नेपाल बारले बुधबार आयोजना गरेको विरोध कार्यक्रममा दिएको मन्तव्य)

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ५० बजे