साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन

काठमाडौं ।  संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–१ घर भई संसद सचिवालयमा काजमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको  शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा  उहाँको स्वाब संकलन गरिएको थियो।

कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आउनुभएका  उपसचिव  खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : ०८ बजे