न्यायाधीशको बहिष्कारका बीच प्रधानन्यायाधीशद्वारा नौ वटा इजलास गठन 

काठमाडौँ । न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनवाइ गर्न नौ वटा इजलास गठन गर्नुभएको छ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताउँदै आज पनि पनि प्रधानन्यायाधीश जबराले इजलास तोक्नुभएको हो । 

आज ६ वटा संयुक्त र तीन वटा एकल इजलासमा बन्दी प्रत्यक्षीकरणका मात्र रिट निवेदन तोकिएका छन् । 

प्रधानन्यायाधीश जबराले इजलास गठन गर्नुभएपछि न्यायाधीशहरूले भने आज पनि इजलास नजाने बताउनुभएको छ । सोमवार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्नुभएका न्यायाधीशहरू मङ्गलवारबाट पुन इजलासमा नजाने निर्णयमा हुनुहुन्छ । 

प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेको लगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नजानुभएको हो । 

न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले  आज चौथो दिन पनि प्रधानन्यायाधीश जबरा विरुद्धको प्रदर्शनलाई कायम राखेको छ । कानुन व्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन् । 

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : १२ बजे